नेपाली काँग्रेसका नेता फरमुल्लाह मन्सुरले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्सुरले पहिले संशोधन प्रस्ताव पास गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताएका हुन् । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सरकारको कर्तव्य भएको बताए।
उनले भने,‘सबै नागरिकलाई निर्भिकताका साथ मत हाल्ने वातावरण निमार्ण गर्नुपर्छ, उम्मेद्वारले भयरहित तरिकाले उम्मेद्वारी दिन पाउनुपर्छ, प्रमुख राजनीतिक दलले देशको निकास दिनको लागि प्रयास गर्नुपर्छ, सबै दलले स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण निमार्ण गर्नुपर्छ।’
नेपाल प्रहरीको आईजीपी विषयमा नेता मन्सुरले संविधानलाई सर्वोच्च अदालतले हस्तक्षेप गर्न नहुने बताए । उनले भने,‘आईजीपी नियुक्तीबारे कानूनले जान्दछ, तर हामीले बनाएको कानूनलाई सर्वोच्चले हस्तक्षेप गर्नुहुँदैन्।’