एक्लिए केपि ओली, तिन सारथिले मधेसी मोर्चा संग हात मिलाउँदै

राजनीति

जनीतिक व्यवस्थासम्बन्धी विधेयकमा एमालेले जबर्जस्ती थ्रेस होल्डको व्यवस्था हुनैपर्ने एजेण्डाको नेतृत्व गरेको भन्दै विपक्षी नौ दलीय गठबन्धनमा रहेका सिपी मैनालीको नेकपा माले, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा र नारायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टी गठबन्धनबाटै बाहिरिने भएका छन् ।

राज्य व्यवस्थासमिति अन्तर्गतको उपसमितिमा एमालेले जबर्जस्ती थ्रेस होल्ड राख्नुपर्ने एजेण्डाको नेतृत्व गरेकाले उसको पछि आफूहरु नलाग्ने चेतावनी ती दलले दिएका हुन् । अरु दल पनि एमालेसँग रुष्ट छन् । नेमकिपाका प्रमुख सचेतक प्रेम सुवालले विपक्षी गठबन्धनमा रहेको प्रमुख दल एमालेले साना दललाई बाइपास गर्ने कामको नेतृत्व गरेकाले उक्त गठबन्धनमा आफूहरु रहिरहनुको औचित्य सकिएको बताए ।

उपसमितिले राजनीतिक दलको मान्यता पाउन निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट जित्नैपर्ने र समानुपातिकतर्फ कुल खसेको मतको ३ न्युनतम ३ प्रतिशत ल्याउनैपर्ने व्यवस्थासहितको विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । उपसमितिमा आफूहरुको विरोध र असहमतिबीच एमालेले थ्रेस होल्ड राख्नुपर्ने पक्षमा नेतृत्व गरेकाले उसँगको सहकार्य धरापमा परेको सुवालले बताए । ‘थ्रेस होल्डको व्यवस्था जबर्जस्ती पास गर्नैपर्ने भन्नेमा एमालेको सबैभन्दा बढी जोड देखियो’, सुवालले काठमाण्डु टुडेसँग भने, ‘प्रतिपक्षी गठबन्धनको औचित्य समाप्त भएको छ । एमाले यही हिसाबले अगाडि बढ्ने हो भने गठबनधन तोडिन्छ ।’

नेकपा मालेका प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङले गठबन्धन संस्कृतिविपरीत एमाले एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले आफूहरुले गठबन्धनबकाट बाहिरिन लागेको बताए । ‘प्रत्यक्षतर्फ अनिवार्य एक सिट ल्याउनैपर्ने र समानुपातिकमा तीन प्रतिशत मत पु-याउनैपर्ने व्यवस्थाका लागि एमालेले नेतृत्व गरेको छ’, उनले भने, ‘गठबन्धनमा बसेपछि अरु दलको भावना पनि बुझ्नुपर्नेमा एमालेले जबर्जस्ती गरेकाले हामी उसको साथ छाड्ने निस्कर्षमा पुगेका हौं ।’

यद्यपि अन्तिम निर्णय भने हुन बाँकी रहेको उनले बताए । संविधानमा समावेशी लोकतन्त्र उल्लेख गरिए पनि संविधानमै नभएको थ्रेस होल्डको व्यवस्थाले समावेशीतामाथि प्रहार गरेको आरोप उनले लगाए ।

Post Comment