नेपालका लागि नवनियुक्त राजदुर मन्जीव सिंह आज नेपाल आउदै छन् । भारतले नयाँ राजदुत मन्जिवसिंह पुरीलाइ नेपालको नयाँ राजदुतका लागि सिफारिस गरेको झण्डै एकमहिना पछि उनी नेपाल आउन लागेका हुन् ।
राजदुत पुरी यसअघि युरोपिय युनियन बेल्जियमका राजदुत थिए । राजदुत रन्जीत रे फर्कने दिन भारतले नयाँ राजदुतको नाम सिफारित गरेको थियो । भारतीय राजदुतावास एक मार्च देखि राजदुत विहिन छ । नवनियुक्त राजदुत पुरी अहिले ५८ वर्षका छन् ।