लामो समयपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज बस्न लागेको संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । चुनावी रणनीति तय गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ । स्थानीय तह निर्वाचनको तयारीमा जुटेको कांग्रेसले चुनावी रणनीति तय गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ । घोषणापत्र तयारी र निर्वाचनमा पार्टी संयन्त्र परिचालनसम्बन्धी मापदण्ड सयन्त्र बनाउनेबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिनुभयो । स्थानीय निकाय परिवर्तन भएर नयाँ संरचना बनेको भएपनि कांग्रेसले पार्टी संरचनालाई त्यसअनुरूप ढालिसकेको छैन । बैठकमा सभापति शेरबहादुर देउवाको एक बर्षे कायकालमा भएको कामको समिक्षा पनि बैठकमा हुनेछ ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले एक बर्षसम्म गर्न नसकेका कामको बिबरण पेश गरेर आक्रमक परस्तुती गर्ने तयारी गरेको छ । सभापति देउवाले केन्द्रीय सदस्यको मनोनयन, पदाधिकारी नियुक्त, विभाग गठन लगायतको काम अघि बढाउनु भएको छैन । बैठकमा स्थानिय तहमा भएको अध्यन र पार्टीको अवस्थाका विषयमा पनि छलफल हुनेछ । कांग्रेसले यसअघि ७५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे बुझेको थियो ।