नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली भूईंफुट्टा भएको आरोप लगाएका छन् ।
पार्टीको हिमाल–पहाड–तराई– मधेस अभियानअन्तर्गत आइतबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले महाकाली सन्धिमार्फत राष्ट्रघात गर्ने ‘भुईंफुट्टाले मुलुकको एकता भाँड्ने धृष्टता गरिरहेको’ आरोप लगाए । ‘राष्ट्रघाती महाकाली सन्धि गर्ने केही भुईंफुट्टा मानिसहरु आज राष्ट्रिय एकता भाँड्न खोजिरहेका छन्’, भट्टराईले भने, ‘देशलाई एकताबद्ध हुन नदिनु उनीहरुको नियमित काम भएको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले केही व्यक्ति र पार्टी मुलकुमा जातीय विखण्डन ल्याउन अग्रसर रहेको आरोप लगाए । भृकुटी, सीता र जनकलाई विभूति भन्ने हरुले त्यही भूमिमा बस्ने मधेसी, जनजाति र थारुहरुलाई विदेशी करार गरेको भन्दै भट्टराईले आपत्ति जनाए ।