अबको चुनाव माओवादीले अरु पार्टी संग मिलेर लड्छ,एक्लै लड्दैन:-नेता पुन

अबको चुनाव माओवादीले अरु पार्टी संग मिलेर लड्छ,एक्लै लड्दैन:-नेता पुन
राजनीति

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रदेश नम्बर पाँचका ईन्चार्ज वर्षमान पुनले स्थानीय निर्वाचनमा अन्यपार्टीसँग तालमेल हुने बताएका छन्।

उनले बिभिन्न दलहरूसँग वार्ता गर्न पाच नम्बर प्रदेश अन्तरगतका आफ्नो पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिइएको बताएका छन् ।
माओवादी केन्द्रको दाङको घोराहीमा सम्पन्न दुई दिने पाँच नम्बर प्रदेशस्तरीय चुनाव केन्द्रित भेलापछि प्रेस सेन्टर आयोजना गरिएको

पत्रकार सम्मेलनमा पुनले स्थानीय निर्वाचनमा अन्य दलसँग तालमेल गर्नेगरी छलफल अगाडि बढाउन निर्देशन दिएको बताए।

उनले आफ्नो पार्टीलाइ फाइदा हुने जुनसुकै दलसँग जिल्ला वा स्थानीय स्तरमा चुनावी तालमेल गर्न सकिने बताए ।

फरक प्रसंगमा नेता पुनले प्रदेश सीमा संशोधनलाई थाती राखेर अन्य विषयमा संविधान संशोधनको प्रकृया अघि बढाउन तीन प्रमुख दल र मधेसी दलहरूबीच अनौपचारिक सहमति भैसकेको दाबी गर्जदै प्रधानमन्त्री चीनबाट फर्केपछि सहमतिले औपचारिक रूप लिने जानकारी दिए।

Post Comment