राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा प्रकाशचन्द्र लोहनीले नयाँ राजनीतिक दलको गठन गरेका छन् । उनले आफ्नो अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामको नयाँ राजनीतिक दलको गठन गरेका हुन् । राप्रपा महाधिवेशनको एक महिना नबित्दै फागुन २९ गते पत्रकार सम्मेलन गरी डा लोहनीले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टलाई राखिएको छ । दलको केन्दीय कमिटी ७१ सदस्यीय गठन गरिएको छ । उनले चुनाव चिन्ह ‘हलो’ माग दाबीसहित बुधवार निर्वाचन आयोगमा दल दर्ता गरिने जानकारी दिए । अध्यक्षमा डा लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट तथा बाँकी सबै केन्द्रीय सदस्य रहने छन् ।
‘समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र संसदबाट अनुमोदित संवैधानिक राजतन्त्रको एजेण्डालाई अगाडि सारेको छ ।