एमालेले बिखण्डन ल्याउन खोज्यो :-कांग्रेस नेता पौडेल

एमालेले बिखण्डन ल्याउन खोज्यो :-कांग्रेस नेता पौडेल
राजनीति

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कम्युनिष्टहरुले समस्या मात्र खडा गर्ने गरेको आरोप लगाएका छन्।

खोटाङमा तरुणदलको कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले कम्युनिष्टहरुले समास्या खडा गर्ने तर समाधान दिन नसक्ने बताए।
देशमा समस्या परेको बेला नेपाली कांग्रेसले समाधान दिने उनको भनाई थियो।

नेपाली कांग्रेस विपिकै बाटोमा रहेको बताउँदै उनले हिजो विपिलाई अराष्ट्रिय भन्नेहरु अहिले उनकै चर्चा गर्न व्यस्त भएको बताए। मधेसको समस्या समाधान गर्न नखोज्ने एमालेले देशको एउटा भागलाई छोडेर विखण्डन ल्याउन खोजेको पौडेलले आरोप लगाए।

अहिलेको परिस्थितिमा सबैलाई समेटेर अघि बढ्नु पर्ने पौडेलको धारणा थियो। राष्ट्रवादको नारा लगाएर मात्र नहुने भन्दै उनले व्यवहारमा त्यस्तो चरित्र पेश गर्न चुनौति दिए।

Post Comment