“ एमाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो होईन ”:- एमाले अध्यक्ष ओली

“ एमाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो होईन ”:- एमाले अध्यक्ष ओली
राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा गए सकारात्मक काम गरेर तहल्का मच्चाउने दाबी गरेका छन्।

एमाले स्कुल विभागले लतिलपुरमा बिहीबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । उनले एमालेको बलियो संगठनसहित पूर्णकदको राजनीति देखेर सत्तासिन दलहरु आत्तिएको समेत आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र एमालेको ससक्त संगठन देखेर आत्तिएको आरोप लगाए । उनले भने,“ एमाले एक्लै एक दुई जनाले खोलेको पार्टी जस्तो होईन ।”

Post Comment