ओलीको प्रश्न :-मधेसी मोर्चासँग नातिको पालासम्म वार्ता गर्ने हो कि देश विकास गर्ने हो ?

ओलीको प्रश्न :-मधेसी मोर्चासँग नातिको पालासम्म वार्ता गर्ने हो कि देश विकास गर्ने हो ?
राजनीति

सिन्धुपाल्चोकका एक जना नेता शनिबार एमालेको हेडक्वार्टरमा औपचारिक कार्यक्रमका बीच एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा शनिबार विशेष कार्यक्रमका बीच राप्रपाका सिन्धुपाल्चोकका नेता धर्मराज भण्डारीको नेतृत्वमा सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमालेको नेतृत्वमा मात्र देश विकास हुने र जनताको भलो हुने भएकाले आफ्नो नेतृत्वमा १५ सय जना एमाले प्रवेश गरेको उनले बताए । भण्डारी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का तत्कालिन उम्मेदवार हुन् ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय बनेको बताए । स्थानीय चुनावपछि अरु पार्टीहरुको साइनबोर्ड मात्रै बाँकी रहने उनको दाबी छ । अरु पार्टीको कार्यालयमा अर्थहीन साइनबोर्ड मात्रै झुड्याएको बताउँदै ओलीले भने – ‘अहिले कतिपय दलहरु केटाकेटीले काडाकुँटी खेलेजस्तो गरिरहेका छन् । केटाकेटीले खेल्दा चामल हुँदैन तर पनि भात पकाएको नक्कल गर्छन् । ती पार्टीहरुमा पनि त्यस्तै भइरहेको छ । साइनबोर्ड झण्ड्याएका छन्, तर तिनीहरुसँगै कार्यकर्ता छैनन् ।’

एमालेमा एकताबद्ध हुन आह्वान गर्दै उनले पार्टी छाडेर विभिन्न पार्टीमा पुगेकालाई पनि फर्कन आह्वान गरे । अध्यक्ष ओलीले एकछिन कार्यकर्ताहरुलाई रमाइलो पनि गराए । आफूलाई गीत गाउन नआउने बताउँदै ओलीले गीतकै भाकामा भने, ‘फर्क फर्क नेपाली दाजुभाई एमालेमै फर्क ।’

अध्यक्ष ओलीले संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिएको भन्दै आपत्ति जनाए । ‘निर्वाचन भाड्न फेरि अर्को र्याङर्याङ सुरु भएको छ । त्यो एमालेलाई अमान्य छ।’ उनले भने ।

‘सिंहदरबारमा दिन दिनै मोर्चासँग वार्ता भइरहेको छ । त्यो वार्ता देश बनाउन होइन भाँड्न हो,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित ओलीले प्रश्ने गरे, ‘यो मधेसी मोर्चासँग नातिको पालालसम्म वार्ता गर्ने हो कि देश पनि विकास गर्ने हो ?’

Post Comment