निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रहरीले साँझ रिहा गरेको छ ।
तर, डा. भट्टराईले आफूहरु प्रहरी कार्यालयभित्रै धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् । चुनाव चिन्ह पाउनुपर्ने आफूहरुको माग पूरा नभएसम्म प्रहरी कार्यालयबाट बाहिर नजाने डा. भट्टराईले गृहमन्त्री निधीलाई बताएर साँझसम्म पुलिस क्लबभित्रै बसेका थिए ।