मधेशी जनताले विद्रोह नै गरे तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो ?:-मोर्चाका नेता राजकिशोर यादव

मधेशी जनताले विद्रोह नै गरे  तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो ?:-मोर्चाका नेता राजकिशोर यादव
राजनीति

मधेशी मोर्चाका शीर्ष नेता एवम् मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेशी मोर्चामा आवद्ध दलहरुवीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् ।

उनले भने,‘मधेश केन्द्रित दलहरुवीच एकता गर्ने कुरा समय र जनताको माँग हो, त्यसैले हामी मधेश केन्द्रित दलहरुको एकता आवश्यक छ, ज्योतिषले सिफारिश गरेको शुभदिन पारेर हामी एकता घोषणा गछौं,  अब सबै मधेशी दलवीच एकता हुन्छ, एउटै पार्टी र एउटै झण्डा हुन्छ।’

उनले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट समेत पारे । यादवले भने,‘यो संविधानलाई पूर्ण नबनाईकन हामी निर्वाचनमा जाँदैनौं, यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उनले आफूहरु बिना नै निर्वाचन गराउने हो भने गराएर देखाउन सरकारलाई चूनौति समेत दिए ।

उनले सहमतिको लागि वार्ता तथा छलफलको लागि बोलाईएपनि अहिलेसम्म निकासको ठोस प्रस्ताव सरकारले अघि सार्न नसकेको आरोप लगाए । उनले द्वन्द्वको खेति चाहानेहरुले अहिले निर्वाचनको नौटँकी गरिरहेको आरोप लगाए । यादवले आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे।

उनले अहिले मोर्चालाई ठूला दलहरुले लोकतन्त्र र निर्वाचनको पाठ पढाउने काम भएको बताउँदै भने,‘नेपालको क्रान्ति र ठूला ठूला आन्दोलनका ईतिहास खोतल्ने हो भने हामी मधेशी जनताको योगदान कम छैन, खासमा संघीय गणतन्त्र स्थापनाको लागि मधेशी जनताले विद्रोह नै गरे नि, तर एमालेले आजसम्म कुन आन्दोलन र क्रान्तिको नेतृत्व गर्यो त ?’ उनले प्रमुख प्रतिपक्षी दल एमालेले क्रान्तिको नेतृत्व नगर्ने र भाग खोज्ने काम मात्रै गरेको आरोप लगाए ।

Post Comment