मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरे :एमाले अध्यक्ष ओली

मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरे :एमाले अध्यक्ष ओली
राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मधेशीलाई विहार जाउ भनेर कहिल्यै नभनेको स्पष्ट पारेका छन् ।

एमालेको राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा ओलीले आफुले मधेसीलाई बिहार जाउ भनेर भनेको भन्दै केही नेताले गोहीका आँशु चुहाएको बताए । उनले मधेसीलाई बिहार जाऊ भनेर कहिल्यै नभनेको दावी गर्दै एमाले र मधेसको साइनो अत्यन्त गाँढा भएको र मधेसी जनतालाई आफु सधैँ सम्मान गर्ने पनि बताए ।

आफूलाई मधेसका मसिहा ठान्ने दलका केही नेताका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाएका छन् । ओलीले मधेसवादी दलहरुले मधेस बनाउने नभई देशलाई नै बर्वाद गर्ने काम गरिरहेको दाबी गरे ।

ओलीले एमाले गणतन्त्र, धर्म निरपेक्षता मान्ने पार्टी भएपछि सवै दल तर्सिएर एमालेको खेदो खन्ने गरेको आरोप समेत लगाए । राष्ट्रिय जनसास्कृतिक संघमा आबद्ध कलाकर्मीलाई स्थानीय चुनावमा होमिन निर्देशन दिएका ओलीले चौहत्तर साल एमालेको साल हुने दावी समेत गरे ।

Post Comment