एमालेले पहाड र मधेसका जनताबीच बीच दूरी बढाउने राष्ट्रघति काम गर्यो :- काँग्रेस नेता आचार्य

एमालेले पहाड र मधेसका जनताबीच बीच दूरी बढाउने राष्ट्रघति काम गर्यो :- काँग्रेस नेता आचार्य
राजनीति

नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति संयोजक महेश आचार्यले एमालेले मधेसमा सञ्चालन गरेको एकता अभियानले थप हिंसा निम्त्याएको तर्क गरेका छन् ।



नेपाल तरुण दल बनेपा नगर कार्यसमितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले हमला शैलीमा गरिएको अभियानले थप समस्या ल्याएको दाबी गरे ।’एकताको लागि भनेर एमालेले गरेको अभियानले थप हिंसा जन्मायो,’कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वअर्थमन्त्री आचार्यले भने,’हमला गर्न गएर एकता हुँदैन, अब एकता र अंकमालको राजनीति सुरु हुनुपर्छ ।’

राष्ट्रियताको नाममा मधेसलाई अलग्गै हेर्ने एमाले अतिवाद र मधेसको नाममा पहाडलाई निरन्तर आक्रमण गर्ने मधेसी दलको अतिवादले एकता नहुने भन्दै उनले मधेसका नेतालाई फकाउनुभन्दा लाखौँ जनताको अधिकार स्थापित गर्न लाग्नुपर्ने बताए ।

जानेर वा नजानेर नेकपा एमालेले गलत बाटो समाएको तर्क गर्दै उनले पहाड र मधेसका जनताबीच बीच दूरी बढाउने काम एमालेले गरेको आरोप लगाए । ‘मधेसले अधिकार मागेको छ, पहाड र हिमालका आदिवासी, जनजाति, दलित महिलाले अधिकार मागेका छन्, ‘ उनले भने, ‘पहाडलाई मधेस, मधेसलाई हिमालसँग जुधाएर राष्ट्रियता बलियो हुँदैन ।’ स्थानीय तहले सरकारको काम गर्ने भन्दै उनले निर्वाचनपछि जनताले अधिकार पाउने बताए ।

 

Post Comment