देउवाले भने:‘उखान टुक्काले देश चल्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो ’

देउवाले भने:‘उखान टुक्काले देश चल्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो ’
राजनीति

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् ।

काँग्रेसले सातै प्रदेशमा गर्न लागेको पहिलो चुनावी सभालाई आइतबार कैलालीको अत्तरियामा सम्बोधन गर्दै देउवाले ओली ‘उखान टुक्के’ भएको आरोप लगाए । देउवाले एमाले र ओली मुलुकका विभिन्न जातजाति र भाषाभाषी बीचमा विभाजन ल्याउन उद्धत रहेको टिप्पणी गरे । एमाले गैरजिम्मेवार पार्टी भएको आरोप पनि उनले लगाए । मधेस बिना नेपाल रहनै नसक्ने भन्दै देउवाले मधेस र मधेसीप्रतिको एमाले दृष्टिकोण गलत रहेको बताए ।

उनले ओलीको उखान टुक्काले देश नचल्ने बताए । ‘ओलीभन्दा पनि धेरै उखान टुक्का जानेका कलाकार प्रसस्तै छन्’, देउवाले भने, ‘उखान टुक्काले देश चल्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो ।’ देउवाले सुदूरपश्चिममा मिलेर बसेका थारु र पहाडी समुदायबीचमा ओलीले द्वन्द्व बढाएको आरोप लगाए ।

उनले मिलेर बसेका समुदायलाई मिलाएर राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले एमालेले मुलुकमा जातजाति र भाषाभाषएको एकता भड्काएर द्वन्द्व बढाउन खोजेको आरोप लगाए ।

 

Post Comment