नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव बिरोधी अभियान संचालन गरेको छ । नेकपाले जिल्लाका विभिन्न गाउँपालिकाको कार्यालयका साइनबोर्ड हटाएको छ ।
केही कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए ।
वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले २४ चैतदेखि चुनाव बहिष्कारको पर्चा टाँस्न शुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीले मालिका गाउँपालिकाको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ ।
सामाजिक परिचालक कमल नेपालीका अनुसार सो पार्टीका कार्यकता एक्कासि आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए ।
सो पार्टीले मदाने गाउँपालिकाको वडा कार्यालयमा पनि ताला लगाइएको छ । बोर्ड फाल्नुका साथै कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोम बहादुर कुँवरले बताए ।
इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरीक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय कोही नभएका बेला वडा कार्यालयको बोर्ड फुटालिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मीकासचिवालय सदस्य खिम खडकाले गुल्मी दरवार गाउँपालिका र चन्द्रकोट गाउँपालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको बताए । उनले वैशाख ३१ गतेको चुनाव भए समानान्तर सरकार गठन गर्ने बताए ।