प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नयाँ संशोधन विद्येयक यसअघिको भन्दा पनि बढि खतरानाक भएको बताएका छन् ।
रिपोर्टस क्वलवमा आज आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको धारा २७४ लाई चलाइएकाले राष्ट्रियतालगायतका हिसावले यो बढी खतरनाक भएको बताए । उनले आफ्नो पार्टीसंग कुनै सहमति नै नगरेर यो प्रस्ताव ल्याइएको दावी गरेका छन् । सरकारले एमालेसंगको सहमतीमा यो प्रस्ताव ल्याएको भनेर प्रचार गरेको बताउँदै उनले यो सबै सरासर झुटो भएको प्रष्ट पारे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्दापनि मधेशी मोर्चाले दिनहुँ कुरा फेरेको आरोप लगाए । यद्यपि उनले मोर्चालाई चुनावमा सहभागी गराउन मतदाता नामावली सच्याउनको लागि केही दिन कुर्न भने सकिने स्पष्ट पारे ।
त्यस्तै उनले प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ का ११ वटा जिल्लामा गाउँपालिका तथा नगरपालिकामा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने कुरा पनि आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । साथै उनले उपप्रधानमन्त्री विमलेन्द्र निधिप्रति लक्षित गर्दै मन्त्रिपरिषद बैठकमा नजाने मन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।