नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडबीच झगडा गराउन नेकपा एमालेले षड्यन्त्र गरिरहेको अरोप लगाएका छन् ।
भैरहवामा आज आयोजित पार्टीको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले एमालले मधेसी जनताको भावनामाथि खेलबाड गर्न खोजेको बताएका हुन् ।
उनले मधेशी जनताको भावनाअनुसार संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको वताएका छन् । उनले देशलाई विखण्डन गराउने खेल भैरहेकाले पनि नेपाली काग्रेसले यसको अन्त्यका लागि संसदमा दर्ता भएको संबिधान संशोधन बिधेक पारित गराएर छाडने समेत दाबी गरे ।
सिमाको रक्षा गरेर वसेका मधेसीहरुको मर्म र भावनालाई सम्मान गर्न नेपाली कांग्रेस मात्र सम्भव भएकाले अबको स्थानीय निर्वाचनमा काँग्रसलाई जिताउन आग्रह गरे ।