संशोधनमा असन्तुष्टि जनाउँदै मोर्चा निर्वाचन सहभागी नहुने

संशोधनमा असन्तुष्टि जनाउँदै मोर्चा निर्वाचन सहभागी नहुने
राजनीति

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।

मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पुरानो भएको भन्दै चुनाव बहिस्कार गरेको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसिरहेको बैठकले मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको छ ।

Post Comment