मोर्चाका नेताले भने :-उपेन्द्र यादवलाई मधेशबाट लखेट्छौं

मोर्चाका नेताले भने :-उपेन्द्र यादवलाई मधेशबाट लखेट्छौं
राजनीति

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले उपेन्द्र यादवले निर्वाचनमा भाग लिए मधेसमा एमालेको जस्तो हविगत बनाइदिने चेतावनी दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध ६ मधेस केन्द्रीत दलले मोर्चाको प्रमुख घटक संघिय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवविरुद्ध घेरा बन्दी सुरु गरेका छन् । पार्टी एकीकरणको तयारीमा रहेका ती दल यादवविरुद्ध संगठित भएका हुन् । उनीहरुले यादवलाई एकता विरोधीको आरोप लगाएका छन् ।
बाहिर – बाहिर स्थानीय तह निर्वाचनको विरोध गरे पनि भित्री रुपमा यादवको पार्टीले निर्वाचन तयारी तीव्र पारेको भन्दै ६ दल उनीमाथि खनिएका हुन् । मोर्चा आवद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले निर्वाचनमा भाग लिए उपेन्द्रको पार्टीको अवस्था एमालेकै सरह हुने दावी गरे ।
मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी आरोप लगाउँदै कतिपय जिल्ला तथा स्थानलाई एमालेमुक्त घोषणा गरेको छ ।
‘मधेसी जनता आन्दोलनको पक्षमा छन् । तर उपेन्द्र जी बाहिर विरोध गरे जस्तो देखाएर भित्र भित्रै चुनावको तयारीमा हुनुहुन्छ, ‘ ‘उसै गरी मधेस विरोधी गतितिवधि जारी राखे उहाँको हविगत पनि एमालेकै सरह हुन्छ,’ ‘मधेसी जनताले उनलाई मधेसबाट लखेट्नेछन् । हाम्रा मागलाई सम्बोधन नगरी निर्वाचन गरे देशव्यापी विरोधमा उत्रिन्छौं र यो निर्वाचन कुनै हालतमा हुन दिँदैंनौ ।’
उनले भने, ‘उहाँले गरेको लोलो पोतोमाथि हामीलाई शंका लागेर हिजो (बुधबार)को बैठकमा सोधेका थियौं उहाँले हैन त्यतिकै हस्ताक्षर मात्र गरेको भन्ने जस्ता कुरा गरेर टार्न खोज्नु भयो । मोर्चाको अबको बैठकले उहाँको आगामी कदम हेरेर निर्णय गर्नेछ ।’
महन्थ ठाकुर नेतृत्वको तपलोपमा, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलगायत ६ दल पार्टी एकताको तयारीमा छन् । तर उपन्द्र भने मधेस केन्द्रीत दलसँग एकताको एजेन्डालाई महतोमाथि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा गाभिने तयारीमा छन् ।

Post Comment