निर्वाचन बिथोल्ने गरेर संघर्षका कार्यक्रमका सार्वजनिक गर्ने मोर्चाको तयारी

निर्वाचन बिथोल्ने गरेर संघर्षका कार्यक्रमका सार्वजनिक गर्ने मोर्चाको तयारी
राजनीति

सरकारले नयाँ संशोधन विद्येयक दर्ता गराएसँगै सरकारसँग विच्चिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको दलहरू आवद्ध संघीय गठबन्धनको बैठक बस्दैछ ।

शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा दिउँसो तीन बजे बैठक बस्दैछ । गठबन्धनका एक नेताका अनुसार संशोधन विद्येयक अस्विकार गरिसकेपछिको राजनीतिक अवस्थालाई विश्लेषण गर्दै महत्वपूर्ण निर्णय गर्न लागेको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन बिथोल्ने गरेर संघर्षका कार्यक्रमका सार्वजनिक गर्ने विषयमा परामर्श गरिने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।

Post Comment