प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि मुलुकको राजनीतिक संवेदनशीलतालाई नबुझेको आरोप लगाएका छन् । साथै उनले मधेसको असन्तुष्टि सम्बोधन नगरी गरिने चुनावले द्वन्द्व जम्माउने खतरा रहने बताए ।
संसदका राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री निधीले राजनीतिक सहमतिका लागि मोर्चा र एमाले तयार हुनुपर्ने तर दुवैले ‘मेरो गोरुको बाह्र्रै टक्का’को व्यवहार देखाइरहेको बताएका हुन् । एमाले प्रमुख दल भएकाले बढी जिम्मेवार बन्नुपर्ने तर, त्यस्तो व्यवहार नदेखाएको निधीको आरोप छ ।
गृहमन्त्री निधीले एमाले र मधेसी मोर्चाका कारण राजनीतिक सहमतिको वातावरण बन्न नसकेको बताए । उनले भने, ‘मोर्चा र एमालेले देशको संवेदनशीलतालाई बुझेर लचकता नअपनाउँदासम्म राजनीतिक वातावरण बन्ने स्थिति छैन ।’
उपप्रधानमन्त्री नीधिले मोर्चालाई सहमतिमा ल्याएर निर्वाचनमा भाग लिने अवस्था बनाउनसरकारले सम्वाद गरिरहेको बताए । उनले मधेसी मोर्चा चुनावमा आउने आधारमा सरकारले संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताए ।