स्थानीय चुनाव गर्न खोज्नु नै गलत, विरोधमा लाठी उठाउँछौ :-फोरम अध्यक्ष यादव

स्थानीय चुनाव गर्न खोज्नु नै गलत, विरोधमा लाठी उठाउँछौ :-फोरम अध्यक्ष यादव
राजनीति

संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा केन्द्र सरकारले स्थानीय चुनाव गर्न खोज्नु नै गलत भएकाले आफूहरुले विरोध गरेको बताए ।

आइतबार संघीय गठबन्धन र मधेसी मोर्चाको आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय चुनाव प्रदेश सरकारले गर्नुपर्ने भन्दै केन्द्र सरकारले गर्न नहुने दावी गरे ।

‘संविधान नै गलत बनाइएको छ । स्थानीय चुनाव केन्द्र सरकारले गर्ने होइन । प्रदेश सरकाले गर्नुपर्ने काम केन्द्र सरकारले गर्न खोजेको छ’ उनले भने ‘त्यसैले पहिला केन्द्रीय संसदको चुनाव गर्ने । त्यसपछि प्रदेशको चुनाव गर्ने, त्यसपछिमात्रै प्रदेशले स्थानीय तह चाहिन्छ कि चाहिँदैन भन्ने निर्क्योल गर्छ र चुनाव गर्छ ।’

यादवले संविधानले स्थानीय तहलाई बढी अधिकार दिएकोमा पनि विरोध जनाए । स्थानीय तहको चुनावको विरोधमा आफूहरु लाठी जुलुस लिएर जाने यादवले बताए । ‘अहिले टाउकोले हिँड्न खोजेको सरकारलाई खुट्टाले हिँड भन्न खोजेको हो’ उनले भने ।

स्थानीय निर्वाचनमा सेना परिचालन भयो भने सैह्य नहुने यादवले चेनावनी दिए । ‘त्यसको जवाफ जनताले दिनेछन् । कुनै पनि लोकतान्त्रिक देशमा चुनाव सेना परिचालन गरेर हुँदैन ।’ विगतमा राजाले प्रत्यक्ष शासन गर्दा पनि चुनावमा सेना परिचालन नभएको भन्दै उनले गणतन्त्रमा झन् सेना परिचालन हुन नसक्ने बताए ।

Post Comment