मोर्चालाई खुशि पार्नु पर्ने बताउँदै कांग्रेस नेताले भने:-,‘चुनावको मिति सार्दा आकाश खस्दैन, धर्ती फाट्दैन ।’

मोर्चालाई खुशि पार्नु पर्ने बताउँदै कांग्रेस नेताले भने:-,‘चुनावको मिति सार्दा आकाश खस्दैन, धर्ती फाट्दैन ।’
राजनीति

प्रमुख दल नेपाली काँग्रेसका नेता रमेश रिजालले मुलुक र प्रजातन्त्र बचाउनको लागि पनि निर्वाचन केही दिन सार्नुपर्ने बताएका छन् । उनले मधेश केन्द्रित दललाई पनि विश्वामा लिएरमात्रै चुनावमा जानुपर्ने बताए । उनले मुलुकमा संघीयता स्थापित गर्ने शक्तिलाई बाहिर राखेर निर्वाचनमा जान नहुनेबारे आफ्नो पार्टीभित्र छलफल भएको स्पष्ट पारे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै रिजालले निर्वाचन १० देखि २० दिन पर सारेर भएपनि मोर्चासँग सहमति गरेरमात्रै अघि बढ्नुपर्ने धारणा राखे । उनले चुनाव गर्नको लागि पनि मोर्चाको विश्वास लिनुपर्नेमा जोड दिए । उनले भने,‘चुनावको मिति सार्दा आकाश खस्दैन, धर्ती फाट्दैन ।’

उनले मोर्चाले सरकारले आफूहरुलाई झुक्याएको गुनासो गरेको उल्लेख गर्दै अहिले ल्याईएको संशोधन प्रस्तावलाई परिमार्जन गरेर भएपनि मोर्चालाई विश्वासमा लिनुपर्नेमा जोड दिए ।

Post Comment