राप्रपाले काठमाण्डुको उपमेयरमा चर्चित नायिका रेखा थापालाई उमेद्वार बनाएको छ । केही महिनाअघिमात्र राप्रपा प्रवेश गरेकी नायिका थापालाई बैशाख ३१ गते हुने स्थानीय निर्वाचन अन्र्तगत काठमाण्डुको उपमेयरमा उमेद्वार बनाउने निर्णय भएको राप्रपाले जनाएको छ ।
राप्रपा काठमाण्डु अध्यक्ष नवराज शिंखडाका अनुसार काठमाण्डु महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित अभिनेतृ रेखाथापा महानगरपालिकाको उपमेयरमा उमेदवार बन्ने भएकी छन् । केही समय अघि भएको पार्टी महाधिबेशनमा थापा राप्रपा केन्दिय सदस्यमा निवाचित भएकी थिईन ।
काठमाण्डुमा सेलिबेट्री उम्मेद्वार अगाडि सारेर राप्रपाले अन्य दलमाथि दवाव चाहीँ बनाईसकेको छ ।
दोस्रो संविधानसभामा माओवादीले रेखा थापालाई सभासद्का लागि टिकट दिएको थियो । तर, अन्तिम समयमा रेखाको नाम मतदाता सूचिमा नरहेको पाइएपछि उनी चुनाव लड्न पाएकी थिइनन् ।
साझा पार्टीले यस अघि नै किशोर थापालाई मेयरको उम्मेद्वार बनाएको छ । तर, अहिलेसम्म ठूला दलले भने आफ्नो उम्मेद्वार घोषणा गरेका छैनन् ।