राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र राजकुमार लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता गरेको हो ।
थरुहट आन्दोलनका समयमा मधेसवादी दलको विरोध र प्रतिकार गरेका लेखीले सद्भावना पार्टीसँग एकाएक एकीकरण गर्नुलाई रहस्यको रुपमा लिइएको छ । लोखीले नेपालमा मधेस नै छैन भन्ने जस्ता अभियान चलाएका थिए ।
१० बुँदे घोषणापत्र जारी गर्दै पार्टी एकीकरणको घोषणा गरेका हुन् ।
यस्तो छ १० बुँदे घोषणापत्रमा
१ थरुहट मुक्तिको अस्तित्वलाई सिद्धान्ततः स्वीकार गर्दै थरुहट राज्य स्थापनाको लागि सद्भावना पार्टी मिलेर बन्ने एकीकृत पार्टीले निरन्तर संघर्ष गर्नेछ ।
२ टीकापुर विद्रोहका क्रममा झुठा मुद्दा आरोपमा जेलमा परेका थारु राजवन्दीहरुको रिहाईका लागि संघर्ष गर्ने ।
३ थारु मधेसी र आदीवासी जनजाति आन्दोलनकारीहरुसँग विभिन्न चरणमा राज्यसँग भएका सम्झैताहरु कार्यान्वयनका लागि निरन्तर संघर्ष गर्ने ।
४ आदिवासी जनजाति आन्दोलनकारीहरुसँग विभिन्न चरणमा राज्यसँग भएका सम्झौताहरु कार्यान्वयनका लागि निरन्तर संघर्ष गर्ने ।
५ आदिवासी जनजाति अधिकारका लागि नेपाल सरकारले प्रतिवद्धता जनाएका अन्तराष्ट्रिय सन्धिहरु ILO 169 र UNDRIP का कार्यान्वयनका लागि राज्य र सरकारलाई दवाव सृजना गर्न संघर्ष गर्ने ।
६ अन्पसंख्यक समुदायको लागि स्वायत्त क्षेत्र , संरक्षित व्यवस्था र कार्यान्वयनको लागि संघर्ष गर्ने ।
७ संविधान २०७२ मा भएका थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतहरु प्रति गरिएका विभेदकारी व्यवस्थाहरु संशोधन गर्न सरकार र दलहरुलाई बाध्य पार्ने गरी संघर्ष गर्ने ।
८ राज्य पुनसंरचनाको सवालमा रुपान्तरणकारी पुर्नसंरचना हुनुपर्ने पक्षमा सहमत हुँदै सेना, प्रहरी, निजामति प्रशासन, न्यायपालिका, संवैधानिक अंग र शैक्षिक सेवा लगायतका राज्यका सबै तह तथा अंगहरुमा जातिय सामुदायिक जनसंख्याको आधारमा समानुपातिक समावेशी आधारमा नियुक्ति सुनिश्चित गर्न संघर्ष गर्ने ।
९ गणतन्त्र, धर्मनिरपेक्षता, सघीयता, समानुपातिक समावेशिता बहुदलिय लोकतान्त्र मानवअधिकार तथा समावेशी र सामूहिक अधिकारको अवधारणालाई आत्मसात गर्दै यी अधिकारहरुको प्रवद्धनमा जोड दिने । नागरिक समाजवादी पार्टीका विभिन्न समिति तथा भातृ संगठनका नेता कार्यकर्ताहरुलाई सद्भावना पार्टीमा स सम्मान समायोजन गरिनेछ ।
१० एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गरिनेछ । यसका लागि नयाँ सोचसहित तराई, हिमा, पहाडमा थारु, मधेसी, आदीवासी जनजाति, दलित र खस आर्यसहितलाई समेटिन यी समुदाय साथै माग, मुद्धा र विचार मिल्ने अन्य पार्टीहरुसँग पनि एकिकरण पक्रियालाई तीव्र बनाइनेछ ।
– See more at: http://kathmandutoday.com/2017/04/242270.html#sthash.9DZDJORX.dpuf