सरकारलाई ओलिको प्रश्न:- हिन्दी भाषालाई किन सरकारी कामकाजी बनाउने खोजियो ?

राजनीति

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरू मिलेर एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै ओलीले आफू अनुकूलका निर्णयहरू गर्न एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताए । ‘एमालेलाई एक्यालउने प्रयास भइरहेको छ’, उनले भने, ‘त्यो किन गर्नु प-यो भने एमालेलाई नएक्याउँदासम्म आफू अनुकूल निर्णय गर्न नसकिने भयो रे !’

ओलीले बजेट ल्याउनु अगाडि दुई चरणको चुनाव गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘चुनाव गर्ने बहानामा संविधान संशोधनमा गर्न पाइँदैन । चुनाव चिन्ह पहिले कै चुनावमा जान सकिन्छ ।’ उनले बजेटपछि हुने चुनावलाई चरम धाँधलीको संज्ञा दिए ।

एमाले सम्वाद, सहमति र सहकार्यको पक्षमा रहेको ओलीले बताए । ‘हामी तीनै तहको निर्वाचन गरौँ भन्ने पक्षमा छौँ’, उनले भने, ‘यो सरकार निर्वाचन गर्ने विषयमा असफल भइसक्यो । अहिलेसम्म निर्वाचन हुन सकेन । घुमाइफिराइ चुनाव सार्ने कार्य गरिँदै छ ।’ उनले निर्वाचन असंभव बनाउने खेलतिर नजान आग्रह गरेका छन् ।

एमाले अध्यक्ष ओलीले नेपाली भाषालाई सरकारी कामकाजी भाषा हुने संविधानमा उल्लेख गरेको भन्दै भने, ‘भाषा आयोगले गरेको सिफारिस अनुसूचीमा सरकारी कामकाजी भाषा जस्तै बनाउने गरी राख्न खोजियो ।’ उनले हिन्दी भाषालाई किन सरकारी कामकाजी बनाउने खोजियो भनेर प्रश्न गरे । उनले भने, ‘देशभरि रहेका सबै भाषा सरकारी कामकाजी भाषा हुन्छ ? कहिँ नभएको कुरा गरिँदैछ ।

Post Comment