राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणाले निर्वाचन आयोगले राप्रपाका महत्वपूर्ण बिचारलाई हटाइदिएको भन्दै अझै संघर्ष गर्नुपर्ने बताए ।
बुधबार कार्यक्रममा ‘ठूलो समस्या पार्टीमा आइरहेको’ भनेर सम्बोधन सुरु गरेका राणाले भने, ‘निर्वाचन आयोगले महत्वपूर्ण विश्वास हटायो । हामीले दबाव दियौं । दबावपछि आयोगले आफ्नो निर्णय थाति राख्यो । तर फेरि त्यो विश्वास कायम गर्न आन्दोलनमा उत्रिनुपर्दछ साथीहरु ।’
निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राप्रपाको विधानबाट राजसंस्था र सनातन हिन्दु राष्ट्र भन्ने वाक्यांश हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध राप्रपाले निर्वाचन आयोग घेराउ लगायतका आन्दोलन गरेको थियो । आफ्नो आन्दोलनपछि निर्वाचन आयोगले पूर्वनिर्णयलाई थाति राखेको छ ।
उनले संविधानको आलोचनात्मक समर्थन गर्न पाइने भन्दै त्यसैअनुसार राप्रपा अगाडि बढिरहेको बताए ।