मन्त्री पाउने भएपछि संशोधनमा मत हाल्न गठबन्धन छोडेर बालुवाटार पुगे

मन्त्री पाउने भएपछि संशोधनमा मत हाल्न गठबन्धन छोडेर बालुवाटार पुगे
राजनीति

पाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् । बालुवाटार निकट उच्च स्रोतका अनुसार परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिसकेको छ ।

यही उद्देश्यले अध्यक्ष ढकालले विपक्षी गठबन्धन त्यागेर सत्तारुढ गठबन्धनमा जोडिने निर्णय गरेका छन् ।

Post Comment