स्थानिय निकाय निर्वाचन : कास्कीको माछापुच्छ्रेमा एमालेको अग्रता

स्थानिय निकाय निर्वाचन : कास्कीको माछापुच्छ्रेमा एमालेको अग्रता
राजनीति

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर १ मा भने नेपाली कांग्रेस र वडा नम्बर २ मा एमालेले वडाध्यक्षमा जित हासिल गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्र गुरुङ विजयी भएका छन् । गुरुङले ४ सय ९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका आशकुमार गुरुङको ४ सय ७४ मत ल्याए ।

महिला सदस्यमा कांग्रेसकी जमुना पुन र दलित महिला सदस्यमा श्याममाया सुनार तथा खुला सदस्यमा एमालेका सूर्य गुरुङ विजयी भए । अर्को एक खुल्ला सदस्यमा नेपाली कांग्रेसका कैले मगर र निरबहादुर गुरुङले समान ४ सय ८६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विजेता छानिने भएको छ ।

वडा नम्बर २ को वडाध्यक्षमा एमालेका विक्रम गुरुङ विजयी भएका छन् । विजयी गुरुङले ७ सय ५४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गुञ्जमान गुरुङले ७ सय ४० मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी तेजकुमारी गुरुङ र दलित महिला सदस्यमा सुनिता परियार रोक्का तथा खुला सदस्यमा कांग्रेसका गणेश आचार्य र मीनबहादुर गुरुङ विजयी भए ।

यस्तै, वडा नम्बर ३ को वडाध्यक्षमा एमालेका सूर्यप्रसाद लम्सालसहितको प्यानल विजयी भएको छ । लम्सालले ५ सय ८० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिश्चन्द्र लम्सालले ५ सय ५१ मत ल्याए ।
महिला सदस्यमा एमालेका धनकुमारी पौडेल, दलित महिला सदसयमा फूलमाया सार्की तथा खुला सदस्यमा रनबहादुर कार्की र रेशमकुमार नेपाली विजयी भए ।

वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका जुमबहादुर गुरुङसहितको प्यानल विजयी भएको छ । विजयी गुरुङले ४ सय ७७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लालकुमार गुरुङले ३ सय ९१ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै गीता लामिछाने, दलित महिला सदस्यमा भिबा विक तथा खुला सदस्यमा आशबहादुर नेपाली र राशबहादुर रानामगर विजयी भए ।

Post Comment