गगन थापाका मामा एमालेका उम्मेदवार

गगन थापाका मामा एमालेका उम्मेदवार
राजनीति

काँग्रेस युवा नेता गगनकुमार थापाका कान्छा मामा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

गगनका मामा मोहनकृष्ण बस्नेत ३१ जेठका लागि घोषित दोश्रो चरणको निर्वाचनको मुखैमा काँग्रेस छाडेर एमाले प्रवेश गरेका हुन् । ६५ वर्षीय बस्नेतले एमालेका तर्फबाट दूधकौशिका गाउँपालिका–२ को वडा सदस्यका उम्मेदवारसेमत बनेका छन् ।

एमालेले शुक्रबार आयोजना गरेको उम्मेदवारी घोषणा सभाबाटै बस्नेतले काँग्रेस छाडेर एमाले भएको घोषणा गरे । उनले सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक परिपाटीको धज्जी उडाएको र मनपरी तवरले पार्टी चलाएकाले आफू काँग्रेसमा अटाउन नसेकेको टिप्पणी गरे । बस्नेतले भान्जा गगनलाई आफूले पार्टी छाड्नेबारे नसोधेको भए पनि अन्यत्रैबाट थाहा पाएर नजान भनेको उल्लेख गरे ।

तर, उनले काँग्रेसले मुलुकको हित नगर्ने भएकाले आफ अडिन नसकेको प्रतिक्रिया दिए । ‘मामा र भान्जाको नाताभन्दा देश र जनता ठूलो हो’, ‘बस्नेतले भने, ‘पुरै परिवार काँग्रेस भए पनि म एमाले हुँदा भान्जाले चित्त दुःखाउनुभएको छ । त्यही कारण मामाघरै नआए पनि मैले केही गर्न सक्दिन ।’

Post Comment