एमाले निकट युवा संघ नेपालले भरतपुरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै प्रमुख निर्वाचन आयुक्तको पुत्ला दहन गरेको छ ।
युवा संघका नेता तथा कार्यकर्ताले आयोगको पुनः निर्वाचन गराउने निर्णयविरुद्ध राजधानीमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको पुत्ला दहन गरेका हुन् ।
युवा संघले आयोगको निर्णयको विरोध गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । ‘यो निर्णय तुरुन्तै सच्याउनु पर्छ’, युवा संघले भनेको छ, ‘आयोगको निर्णयले अब हुने क्रममा रहेको दोस्रो चरणको निर्वाचनमा समस्या पार्नेछ ।’
स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मा तुरुन्तै मतगणना गर्नुपर्ने माग गरिएको छ ।