मन्त्री बनाउने बिषयमा कांग्रेस भित्र बिवाद , पौडेल समुहको छुट्टै बैठक

मन्त्री बनाउने बिषयमा कांग्रेस भित्र बिवाद , पौडेल समुहको छुट्टै बैठक
राजनीति

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथग्रहण नगर्दै काँग्रेसभित्र झगडा सुरु भएको छ ।

सभापति एवं नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको हो । देउवाको निर्णयमा आपत्ति जनाउँदै पौडेल समूहले तत्काल मन्त्रीको नाम नदिने भएको छ ।

निजी निवास बुढानिलकण्ठमा बोलाइएको पार्टी पदाधिकारीको बैठकमा देउवाले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाएका थिए । त्यसलगत्तै बिच्किएको पौडेल समूहले अनामनगरस्थित सम्पर्क कार्यालयमा छुट्टै बैठक आयोजना गरेको हो । कुन मापदण्डका आधारमा मन्त्री बनाउने भनी सल्लाह नै नगरी एकल निर्णय गरेको भन्दै पौडेल समूहले आपत्ति जनाएको छ ।

आफ्नो समूहले कति मन्त्री पाउने भन्ने एकीन नभएसम्म मन्त्रीमण्डलमा कसैको पनि नाम नदिने निर्णय गरेको छ । पौडेल पक्षबाट अर्थमन्त्रीमा महेश आचार्य, फरमुल्लाह मन्सुर लगायतको नाम चर्चामा थियो ।

Post Comment