‘मत गन्ने बेला थाहा हुन्छ त्यहाँ एमाले बढारिन्छ कि मधेसवादी बढारिन्छ ’:-एमालेका अध्यक्ष ओली

‘मत गन्ने बेला थाहा हुन्छ त्यहाँ एमाले बढारिन्छ कि मधेसवादी बढारिन्छ ’:-एमालेका अध्यक्ष ओली
राजनीति

एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा एमाले विरुद्ध षडयन्त्र हुन थालेको आरोप लगाएका छन् । तर पनि मधेसमा एमालेकै जित हुने उनले बताए ।

‘एमाले विरुद्ध षडयन्त्र किन गर्छन् भने एमाले बलियो भएको कारणले अरुले एमाले संग लड्ने ताकत नभएर षडयन्त्र गर्न तिर लाग्छन् । मत च्यात्छन् अनेकौ हत्कण्डा अपनाउँदा पनि एमालेलाई पछार्न सक्दैनन् किन भने एमाले जनताको पार्टी हो’। उनले भने ।

नेपालगञ्जमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘चुनाव भएपछि थाहा हुन्छ मधेसमा को बढारिन्छ भनेर’ । ‘चुनाव भएर मत गन्ने बेला थाहा हुन्छ त्यहाँ एमाले बढारिन्छ कि मधेसवादी बढारिन्छ ।’

‘मधेसका जनताले के सधैं लडाईं झगडा चाहन्छन् ? विकास निर्माण चाहंदैनन् ? के सामाजिक सद्भाव चाहंदैनन् ? अवश्य पनि मधेसमा बस्ने नेपाली जनता झैझगडा चाहंदैनन्, विकास र सामाजिक सद्भाव चाहन्छन् ।’ उनले भने ।

भरतपुरको प्रसंग कोट्याउँदै उनले भने –‘तपाईंहरुले भरतपुरमा देख्नु भो, भोट गनिसक्न लाग्दा ७८४ ले एमाले अगाडि लाग्दा केहि मत च्यातेर तमासा गरेका छन् । अहिले मतगणना रोकिएको छ । चुनाव भएपछि मत गन्नु पर्दैन ? हार्नेको प्रतिनिधिले च्याते जित्नेलाई जीतको घोषणा हुनबाट रोक्ने, फेरि चुनाव गर्ने भनेर अनेक तमासा भइरहेका छन् । मुद्दा अदालतमा छ हामी धेरै भन्न चाहाँदैनौं । जति कब्जा गरे पनि, केहि मत च्याते पनि नेकपा एमालेले अत्यधिक ठाउँमा जितेको छ । दोस्रो चरणमा पनि एमाले नै पहिलो दल बन्नेमा कुनै आशंका छैन’ ।

नेपालगञ्जमा एमालेले मुस्लिमलाई सम्मान गरेको उद्घोष गर्दै ओलीले भने– समसुद्धिन सिद्धिकीलाई मेयर र शान्ता ढकाललाई उपमेयर उम्मेद्वार बनाएर एमालेले नेपालगन्जमा हिन्दू मुस्लिम सदभावको सन्देश दिएको छ । समसुद्धिन सिद्धिकी अन्तर्रा्िष्ट्रय पहलमान पनि हुन् । उनको विरुद्ध कसैले मुस्लिम समुदायबाट डुप्लिकेट उम्मेद्वार खडा गर्न सक्छन्, यहाँका मुस्लिमहरु सचेत हुनुपर्छ । मुस्लिमको भोट बिभाजित गर्न डुप्लिकेट उम्मेदवार खडा हुन सक्छन् ।

यो पटक नेपालगन्जले हिन्दू(मुस्लिम सदभावनाको सन्देश दिनुपर्ने भन्दै ओलीले मुस्लिम समुदायको मत बिभाजित हुन नहुने बताए । एमालेकै दबावका कारण मुस्लिम समुदायको महान पर्वको दिन तोकिएको चुनावको मिति सारिएको ओलीले बताए ।

आज नेपालगञ्जको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए ।

Post Comment