तराईका जिल्लाहरूमा मसाल जुलुस प्रदर्शनको तयारी

तराईका जिल्लाहरूमा मसाल जुलुस प्रदर्शनको तयारी
राजनीति

माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने घोषणा गरेको महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले तराईका जिल्लाहरूमा मसाल जुलुस प्रदर्शनको तयारी गरेको छ ।

गठबन्धनले विशेष गरेर मध्य तराईका जिल्लाहरूमा आज बेलुका मसाल जुलुस प्रदर्शनको कार्यक्रम राखेको छ । मसाल जुलुसको तयारीका लागि जिल्ला संघर्ष समितिहरूलाई निर्देशन दिइसकेको जनाइएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले सरकारले माग पूरा गर्नेतिर कुनै चासो नदिएपछि बाध्य भएर मधेस, थरुहट र लिम्बुवानमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए ।

गठबन्धनले असार ३० र ३१ तथा असार १ र २ गते दुई दिन तराई बन्दको आह्वान समेत गरेको छ ।

Post Comment