कांग्रेसका प्रभावशाली नेता सिहंले भने :-‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो’

कांग्रेसका प्रभावशाली नेता सिहंले भने :-‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो’
राजनीति

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीभित्रका नेता–कार्यकर्ताको मूल्यांकन अनिर्वाय भइसकेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसमा ‘सबैले सबैलाई चिन्नु’ पर्ने समय आएको बताए । काठमाडौं महानगरपालिकासहित देशका दस वटा नगरपालिकाहरूमा कांग्रेसका उम्मेदवारहरूले पराजय भोग्नुको कारण खोज्नुपर्ने बताए । नेता सिंहले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांस स्थानमा पराजय भोग्नुपरेको संकेत गरेका थिए ।

‘पार्टीभित्रका साथीहरूलाई चिन्नु प-यो अब । हाम्रै मूल्यांकन गर्नुपर्छ । सही के हो ? सत्य के हो ? चिन्न पुर्छ’, उनले भने, ‘कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो’, नेता सिंहले भने, ‘मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थाल्यो । त्यसले संगठनमा ह्रास हुँदै गइरहेको छ ।’

उनले यस्ता बिकृतिलाई पार्टीभित्र कसरी निमिटयन्न पार्ने भनेर चिन्ताको विषय बनेको बताए । ‘प्रतिपक्ष र एमालेसँग लड्ने क्षमता हामीसँग छ’, कांग्रेस नेता सिंहले भने, ‘पार्टीभित्र लड्न सकिँदैन । गाह्रो भइसक्यो ।’

निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेसी पनि रहेको बताएका उनले भने, ‘३६५ दिनमा कांग्रेस हुने । तर, भोट नहाल्ने । अरु निर्वाचन चिन्हामा भोट हालेको देखियो ।’

‘काठमाडौं महानगरमा मात्रै होइन १० वटा नगरको वडामा किन पराजित भयौँ रिभ्यु हुनुपर्छ । प्रत्येक क्रियाशील सदस्यको काम हेर्नु पर्छ’, उनले भने, ‘कांग्रेसले विश्वास गरेर हाम्रा प्रत्यासीहरूले टिकट पाउनु भयो । जितका लागि प्रयास गर्नुभयो ।’

काठमाडौंको मेयरमा नजिते पनि उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीले जितेको बताएका नेता सिंहले भने, ‘राजुराज जोशीलाई पार्टीको तर्फबाट विश्वास गरेर जिम्मेवारी दिइएको हो । असफल भए केही हुँदैन त्यसलाई शिक्षाका रुपमा लिनुपर्छ । राजनीतिमा जितहार हुन्छ । फेरि पनि निर्वाचनमा जित्न सकिन्छ । म पनि हारेर फेरि जितेको हुँ ।’

कांग्रेसभित्र आफ्नालाई मात्रै विशेष गरेर घरपरिवारका लाई अवसर दिने परम्पराको अन्त्य हुनै पर्ने नेता सिंहको भनाइ थियो । ‘संघर्ष गर्दा अरुले गरिदिओस् भन्ने । अवसर लिँदा मैले मात्रै लिनुपर्छ भन्छन् । यो परम्परा अन्त्य गर्नु अनिर्वाय भइसकेको छ ।’

Post Comment