महन्थलाई राम्रो काम गरेको भन्दै सिके राउतको बधाई

महन्थलाई राम्रो काम गरेको भन्दै सिके राउतको बधाई
राजनीति

चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् । राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै धन्यवाद दिएका हुन् ।

सिके राउतले महन्थ ठाकुरलाई हिन्दी भाषामा पत्र लेखेर चुनाव बहिस्कारका लागि धन्यवाद मात्रै दिएका छैनन्, चुरनाव बहिस्कार गर्ने तरिकासमेत सिकाएका छन् ।
राउतले चुनावलाई सक्रिय बहिस्कार गर्ने भन्दा पनि मतदानमा भाग लिएर मतपत्रमा कोठाबाहिर छाप लगाउन राजपा नेता कार्यकर्तालाई सल्लाह दिएका छन् ।
चुनाव बहिस्कार तीन तरिकाले हुन्छ भन्दै राउतले चुनाव बिथोल्नखोज्नु सक्रिय बहिस्कार हुने र मतदान गर्न नजानु निश्त्रिmय बहिस्कार हुन जाने राउतको तर्क छ ।्

उनले महन्थ ठाकुरलाई भनेका छन् कि यी दुबै तरिका अपनाउनुको साटो ‘राइट टु रिजेक्ट’ को अधिकार प्रयोग गर्दै बहुमत मतपत्र बदर गरेर चुनावलाई अवैधानिक बनाउन सकिन्छ ।

तर, राउतले मतदानमा भाग लिएर चुनाव बहिस्कार गर्न भने पनि मधेसमा राजपाका नाममा भइरहेको आन्दोलनमा सिके राउतका कार्यकर्तासमेत उत्रिएर निर्वाचन विथोल्ने कार्यमा लागिरहेको स्थानीय प्रशासनको दाबी छ ।

यसैवीच बिखण्डनका अभियन्ता सिके राउतले महन्थ ठाकुरलाई धन्यवाद दिँदै लेखेको पत्रबारे बुधबार गहृमन्त्रालयमा समेत छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

Post Comment