गच्छदारको पार्टीले चुनाव रोक्न राजपालाई सघाउने (विज्ञप्ति सहित)

गच्छदारको पार्टीले चुनाव रोक्न राजपालाई सघाउने (विज्ञप्ति सहित)
राजनीति

चुनाव बहिष्कार गर्ने घोषणासहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टीलाई सरकारमा रहेको दल नेपाल फोरम लोकतान्त्रिक पार्टीले समर्थन गर्ने भएको छ ।

फोरम सरकारमा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजय गच्छदारको पार्टी हो । फोरमले संविधान संशोधनको माग गर्दै तराईमा गरिरहेको बन्द, हड्ताल लगायतका कार्यक्रममा साथ दिने घोषणा गरेको छ । जसअनुसार गच्छदारको पार्टीले ५ नम्बरको प्रदेशका ३ जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा समर्थन गर्नेछ ।

बुधबार नेपाल फोरम लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यालय भैरहवामा बसेको ५ नम्बर प्रदेशको तीन जिल्लाको बैठकले राजपाको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।

५ नम्बरको प्रदेशको तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य लगायत पार्टीका अन्य नेताको बैठकले मधेसमा जारी आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।

बैठक पश्चात लोकतान्त्रिक पार्टीका रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा मधेसी जनताको माग पूरा नगरी चुनावको घोषणा गरी मधेसमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै गम्भीर ध्यानार्कषण भएको उल्लेख गरिएको छ ।

Post Comment