काँग्रेसभित्रैबाट प्रदेश नम्बर २ को चुनाव असार १४ मा नगर्न दबाब दिएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः चुनाव सारेका छन् ।
प्रदेश नम्बर २ को चुनाव सार्न काँग्रेसका मधेशी नेताहरुले दिएको सुझावलाई समेत मनन गरी अन्ततः २ नम्बर बाहेक अन्य प्रदेशको चुनाव गर्ने सहमति गरेका छन् । काँग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव, मन्त्री फर्मुल्लाह मन्सुर, सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु कुनै पनि हालतमा असार १४ को चुनाव रोक्नुपर्ने अडानमा थिए । तत्काल चुनाव गर्दा २ नम्बर प्रदेशमा काँग्रेसलाई घाटा हुने भन्दै काँग्रेसका मधेशी मुलका नेताहरुले देउवालाई चुनाव सार्न दबाब दिएका हुन् ।
काँग्रेस कोषाध्यक्ष यादवको नेतृत्वको मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद र नेताहरुको टोलीले बुधबार
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा भेटेर तत्काल चुनाव सार्न सुझाव दिएका थिए । दुई नम्बर प्रदेशमा काँग्रेसको चुनावी अवस्था अनुकूल नभएको उनीहरुको निष्कर्ष थियो ।
काँग्रेसभित्रका नेताहरुकै दबाब र राजपाको मागलाई समेत मध्यनजर गर्दै देउवा अन्ततः पछाडि हटेका छन् ।