चुनाव सार्ने बिषयमा कांग्रेस भित्रै बिबाद ,देउवा प्रति नेताहरु असन्तुष्ट

चुनाव सार्ने बिषयमा कांग्रेस भित्रै बिबाद ,देउवा प्रति नेताहरु असन्तुष्ट
राजनीति

२ नम्बर प्रदेशमा चुनाव सार्ने निर्णयमा सत्तारुढ नेपाली कांग्रेसकै नेताले असन्तुष्टि जनाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चुनाव सार्दैमा समस्या समाधान नहुने भन्दै असन्तुष्टि जनाएका हुन् । १, ५, ७ सँगै २ नम्बर प्रदेशको चुनाव पनि असार १४ मै हुनुपर्ने उनको माग छ ।

दुई नम्बर प्रदेशको चुनाव सार्ने कांग्रेस, माओवादी र राजपाको निर्णयपछि सञ्चारकर्मीसँग कुरा गर्दै शेखरले भने– ‘आगामी असोज २ गते चुनाव हुन्छ भन्ने के ग्यारेन्टी छ ? यो गलत निर्णय हो, दुरगामी असर पर्नसक्छ ।’

उनले राजपासँग संविधान संशोधन लगायत माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएर असार १४ मै बाँकी रहेका प्रदेशको चुनाव गर्न सरकारलाई सुझाव समेत दिएका छन् ।

चुनाव सार्ने निर्णयको सामाजिक सञ्जालमा पनि चर्काे विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘असक्षम’ भन्दै आलोचना गरिरहेका छन् ।

Post Comment