रोल्पामा बिप्लव समुहका उम्मेदवार

रोल्पामा बिप्लव समुहका उम्मेदवार
राजनीति

रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि चुनावमा भाग लिएको छ । देशभर स्थानीय चुनाव बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा भने उम्मेदवारी दर्ता गराएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा निर्वाचन आयोगमा दल दर्ता नभएकाले घर्तीको स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएको छ । उनी रोल्पाको उवा निवासी हुन् ।

स्वतन्त्र उम्मेदवार बनेका घर्ती साहस उपनामबाट चिनिने विप्लव समूहका स्थानीय नेताका छोरा हुन् ।

थवाङ माओवादीको उदगम थलो हो ।

विप्लव समूहले उवाको वडा अध्यक्षमा पनि उम्मेदवार उठाउने तयारी गरेको स्रोतले बतायो ।

 

Post Comment