‘ विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्,पहिलो पार्टी कांग्रेस बन्छ’:-कांग्रेस नेता सिटौला

‘ विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्,पहिलो पार्टी कांग्रेस बन्छ’:-कांग्रेस नेता सिटौला
राजनीति

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दबी गरेका छन् ।

झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्ताभेटघाटमा सिटौलाले जनलहर काँग्रेसको पक्षमा देखिएको बताए । ‘मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले कांग्रेस पक्षमा जनलहर बढेको छ’ उनले भने, ‘कांग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् ।’

आफूलाई योद्धा बताउने तर, हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस नभएर अन्य दलका एजेन्ट हुने उनले बताए । ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण छ’ कांग्रेस नेता सिटौलाले भने, ‘सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।’

यसैबीच, कांग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ । असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सञ्चालित अभियानको शनिबार समाप गरिएको हो ।

नगरको १० वटै वडामा घरदैलो अभियानअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुखका उम्मेदवार गणेश पोखरेल, उपप्रमुख तारा भुर्तेल, वडाध्यक्षका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता जाहेर गरे ।

Post Comment