उपलब्धिको रक्षाका लागि कांग्रेसलाई मतदानः कांग्रेसका पूर्वमहामन्त्री गुरुङ

उपलब्धिको रक्षाका लागि कांग्रेसलाई मतदानः कांग्रेसका पूर्वमहामन्त्री गुरुङ
राजनीति

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले मुलुकको शान्ति र समृद्धिको नेतृत्व कांग्रेसले गरेकोले प्राप्त उपलब्धिहरु संरक्षणका लागि कांग्रेसलाई मतदान दिन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस इलाम नगरपालिका प्रचार समितिले सदरमुकाममा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै गुरुङले विकासका सबै आयामको सुरुवात गरेको दाबी गर्नुभयो । उहाँले जनताको अधिकार, शान्ति र समृद्धिका लागि काग्रेसले नेतृत्व गरेको लामो इतिहास रहेको भन्दै स्थानीय तहमा काग्रेसले नेतृत्व गर्ने अवसर पाएमा जनताले पाएको संवैधानिक अवसरहरु प्रयोर गरेर मुलुक सम्वृद्धिको बाटोमा अघि बढ्ने भएकाले मतदान गर्नु अघि विचार गर्न इलामका मतदातालाई आग्रह गर्नुभयो ।
कांग्रेसका महासमिति सदस्य मिन विश्वकर्माले कांग्रेसले सबै नेपालीलाई एक सूत्रमा बाध्न ध्यानसाथ काम गरिरहेको बताउनुभयो । उहाँले संघीय गणतन्त्रको पक्षमा कांग्रेसको नेतृत्वमा माओवादी र मधेसवादी दल एक भएको बताउनु भयो । उहाँले सबैलाई समृद्धिको अनुभव गराउने अभियानमा कांग्रेस रहेकाले सबैलाई मतदानका लागी आग्रह गर्नुभयो ।
इनपामा नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टी सभापति हिमायल कर्माचायले युवा रोजगारी, खानेपानी समस्या समाधान, धार्मिक सहिष्णुतासहित समृद्ध रहित नगरी बनाउने योजना सुनाउनु भएको थियो ।

Post Comment