राजपा नेपालले नवलपरासीमा निषेधित क्षेत्र घोषित गरी उम्मेदवारलाई गाउँ पस्न नदिने निर्णय गरेको छ ।
चुनाव वहिष्कार गरेर आन्दोलनमा रहेको राजपाले प्रतापपुर गाउँपालिका–६ को कठहवा र हरपुर गाउँमा कुनै पनि उम्मेदवार गाउँ नपस्न उर्दी जारी गरेको हो । कठहवा राजपा नेपालका उपाध्यक्ष हृदयेश त्रिपाठीको गाउँ हो । भारतीय सीमामा टासएिको यस गाउँमा पुग्नका लागि रहेको एकमात्र बाटोमा उम्मेदवार निषेधित क्षेत्र लेखिएको कालो ब्यानर टाँगेर गाउँ प्रवेशमा रोक लगाइएको छ ।
घरदैलो गर्ने क्रममा शनिबार नेपाली कांग्रेसका सांसद देवकरण प्रसाद कलवारसहितको टोलीलाई कठहवामा राजपाका कार्यकर्ताले अवरोध गरी फिर्ता पठाएका थिए ।
राजपाद्वारा उम्मेदवारलाई गाउँ पस्न रोक
