राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले तेस्रो चरणको निर्वाचनमा आफूहरु बिना हिचकिच्चाहट सहभागी हुने बताएका छन् ।
बुधबार दोस्रो चरणको निर्वाचन जारी रहेको बेलामा साक्षत्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनमा आफूहरुले रोक्न खोज्दाखोज्दैपनि थुप्रै नेता तथा कार्यकर्ताहरु चुनावमा सहभागी भएकोले तेस्रो चरणको निर्वाचनमा आफूहरु पनि सहभागी हुने जानकारी दिएका हुन् ।
यादवले भने,“हामीले दोस्रो चरणको निर्वाचनमा कार्यकर्ताहरुलाई रोक्न सकेनौं, अब हामी अर्को गल्ती गर्न चाहाँदैनौं, २ नम्बर प्रदेशमा हुने निर्वाचनमा हाम्रो व्यापक उपस्थिति हुन्छ, हामी तयारीमा जुट्छौं।”