दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शान्तिनगरको अध्यक्ष र उपाध्यक्ष दुबै पद कांग्रेसले जितेको हो ।
कांग्रेसका कमानसिंह डाँगी ३ हजार ८५२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुबहादुर केसीलाई ९२८ मत अन्तरले हराए । केसीले २ हजार ९२४ मत पाएका छन् ।
माओवादी केन्द्रका उम्मेदवार नेवबहादुर रोकाको पक्षमा २ हजार ८३७ मत परेको छ ।
यसैगरी उपाध्यक्षमा निर्वाचित कांग्रेसकै मिथिला शाहले माओवादी केन्द्रकी उम्मेदवार राधिका परियारलाई ७६७ मतअन्तरले हराइन् । शाहले ३ हजार ८९४ र परियारले ३ हजार १२७ मत पाएकी छन् ।
एमालेकी उपाध्यक्ष उम्मेदवार खिमा पाण्डेले २ हजार ९५९ मत पाइन् ।