खुमबहादुर संग रिसाए देउवा

खुमबहादुर संग रिसाए देउवा
राजनीति

कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा कांग्रेस कमजोर देखिएपछि कांग्रेसको जिल्ला र केन्द्र बृत्तमा त्यसको चर्चा सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा दाङका पाँच वटै क्षेत्रमा जित हात पारेको कांग्रेस स्थानीय तहमा कमजोर देखिएपछि त्यसको दोष खड्कामाथि थुपारिएको हो । खड्काले उम्मेदवार बनाउन ज–जसलाई सिफारिस गरेका थिए केन्द्रले तिनैलाई टिकट दिएको थियो । तर, २ उपमहानगर, १ नगरपाकिला र ७ गाउँपालिका रहेको दाङमा कांग्रेसको अवस्था त्यति राम्रो छैन ।

घोराही र तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसभन्दा एमाले निकै अगाडि छ । घोराहीमा एमालेले कांग्रेसलाई करिब ४ हजार भोटले पछि पारेको छ । त्यस्तै तुलसीपुरमा पनि कांग्रेस एमालेभन्दा करिब ३ हजार भोटले पछि छ । यस्तो अवस्थामा अब जित आफ्नो पोल्टामा नरहेको कांग्रेसका जिल्ला नेताहरुले आँकलन गरिसकेका छन् । लमही नगरपालिकामा कांग्रेस अगाडि रहे तापनि खुमबहादुरकै भतिजाले बागी उम्मेदवारी दिएर कांग्रेसको भोट काटिरहेका छन् र एमालेले कांग्रेसलाई पछ्यारहेको छ । दाङको १० तहमध्येक कांग्रेस–एमालेले दुई–दुई र माओवादीले एक तहमा जित निकालेका छन् ।

 

Post Comment