नेकपा एमालेकी मेनका काफ्ले गोला प्रथाबाट झापाको कमल गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन् ।
एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका थिए ।
एमालेले पुनः मतगणना माग गरेको थियो । तर, निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर गणना गरिएकाले गोला प्रथाबाट बिजेता घोषणा गर्ने निर्णय सुनायो । गोला गर्दा कागजमा विजयी र पराजित लेखिएको थियो । शुरुमा चिठ्ठा तान्ने अवसर वर्णानुक्रममा आधारमा मेनकाले नै पाइन् ।
उनले तानेको चिट्टामा बिजयी लेखिएको थियो । यससँगै मेनका काफ्ले प्रदेश नम्बर १ मा प्रमुख जित्ने पहिलो महिला हुन् । सम्भवतः उनी प्रदेश नम्बर १ को एकमात्र महिला प्रमुख हुने छिन् । झापामै एमालेले २ महिलालाई प्रमुख उम्मेदवार बनाएकोमा मञ्जु सिटौला हल्दिबारी गाउँपालिकामा पराजित भइन् ।
मेनकाले टिकट पाएपछि पार्टीभित्रकै पुरुष नेताहरुले बिरोध गरेपछि उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन् । अ
अन्ततः मेनकालाई भाग्य चिट्टाले साथ दिएर गाउँपालिका अध्यक्ष बनिन् । उपाध्यक्षमा पनि एमालेकै बेणी सिटौला निर्वाचित भएका छन् ।