दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो दल बन्न सफल

दोस्रो चरणको  निर्वाचनमा एमाले पहिलो दल बन्न सफल
राजनीति

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४१ स्थानीय तहमा विजय हात पारेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म १ सय १७ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३७ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ७ सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि ६ सिट जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र दुई जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

Post Comment