प्रचण्डले भने:‘मौका पर्यो भने अर्को सरकार बन्छ’

प्रचण्डले भने:‘मौका पर्यो भने अर्को सरकार बन्छ’
राजनीति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय प्रणालीमा जानुपर्ने बताएका छन् ।

आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान जारी गरेपनि राजनीतिक स्थायित्व हुने अपेक्षा गरेपनि सरकार फेरबदलको सृङ्खला कायम रहेको बताएका हुन् ।

‘संविधान घोषणा गरेको तीन बर्ष नपुग्दै तीनवटा सरकार बदलिसकेका छन, मौका पर्यो भने अर्को सरकार बन्छ’ प्रचण्डले भने, ‘संविधान जारी गरेको तीन बर्ष अझै पुगेको छैन, तीनवटा सरकार बनिसके ।’

प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा दलहरुसंग छलफल गर्ने भन्दै जनमत सृजना गर्न अपील गरे ।

Post Comment